ट्रेन्डिङ

पर्सामा जनमतको प्रशिक्षण कार्यक्रममा तीन दर्जन युवा पार्टीमा प्रवेश

वीरगन्ज । जनमत पार्टीले पर्साको राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्दै दुई संघीय निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

बुधबार वीरगन्जको जिल्ला समन्वय समिति सभाहलमा आयोजित राष्ट्रिय परिषद समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रमका दौरान विभिन्न पार्टी परित्याग गरी ३ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई राष्ट्रिय परिषद अध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख डा. जयकान्त राउतले टीका र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टीमा प्रवेश गर्नेहरूमा वीरगन्जका सामाजिक महिलाहरू सुधा सिंह, सीमा सिंह, संजय साह, आकाश गुप्ता, सरोज यादव लगायत तीन दर्जन युवाहरु रहेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जनकारी दिए ।

पर्साको संघीय निर्वाचन क्षेत्र नम्बर १ र २ लाई लक्षित गरी आयोजना गरिएको यो प्रशिक्षण कार्यक्रमले जनमत पार्टीले स्थानीय स्तरमा आफ्नो संगठनलाई सुदृढ पार्ने प्रयास गरेको नेता सर्राफले बताए ।
कार्यक्रममा जनमत पार्टीका पर्सा अध्यक्ष ओम प्रकाश सर्राफ, नेतृ रम्भा मिश्रालगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै