वीरगन्ज । वीरगन्ज महानगरपालिकाले यही असार १३ गते शुक्रबार गहवामाईको भव्य रथयात्रा हुने भएकाले त्यस दिन महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शिक्षा शाखाले आज एक सूचना जारी गर्दै रथयात्राका कारण विद्यालय बन्द गरिने जानकारी गराएको हो। प्रमुख शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामा पठनपाठन स्थगित गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि प्रकाशित गरिएको उल्लेख छ।