ट्रेन्डिङ

कुनकुन प्रदेशमा आज धेरै वर्षाको सम्भावना ?

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय भएपछि अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।

ती क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै