ट्रेन्डिङ

कतारले हवाई क्षेत्र बन्द गर्‍यो, दोहामा सुरक्षा सतर्कता उच्च

दोहा । कतार सरकारले आफ्नो सम्पूर्ण हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको छ।

देशमा रहेका नागरिक, बासिन्दा तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै हवाई क्षेत्र बन्द गरिएको कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एएफपी का अनुसार राजधानी दोहामा केही विस्फोट भएको रिपोर्ट गरिएको छ, जसपछि सुरक्षाको उच्च सतर्कता अपनाइएको हो।

विस्फोटको विस्तृत विवरण आधिकारिक रूपमा सार्वजनिक भइसकेको छैन, तर घटनालाई लिएर विभिन्न सुरक्षासंस्था सचेत अवस्थामा छन्।

यसैबीच, केही अमेरिकी सञ्चार माध्यमहरूले इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा क्षेप्यास्त्र प्रहारको तयारी गरिरहेको दाबी गरेका छन्।

उक्त रिपोर्टसँगै कतार सरकारले सतर्कताका उपायस्वरूप आकाश मार्ग बन्द गरेको बताइएको छ।

कतारमा रहेको अल उडेइद अमेरिकी सैन्य बेस खाडी क्षेत्रको रणनीतिक हिसाबले अति संवेदनशील स्थान हो, जहाँ हजारौं अमेरिकी सैनिक तैनाथ छन्।

पछिल्लो सुरक्षा परिस्थिति र सम्भावित खतरा मूल्याङ्कन गर्दै यस्ता निर्णय गरिएको विश्लेषण गरिएको छ।

कतार सरकारले जनतालाई संयमित रहन र आधिकारिक स्रोतबाट मात्र सूचना लिन अनुरोध गरेको छ।

घटनाको थप विवरण सार्वजनिक भइसकेपछि अन्तर्राष्ट्रिय उडान तथा अन्य हवाई सेवाहरूको पुनः सञ्चालनबारे निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै