ट्रेन्डिङ

सप्तरीका एसपी खतिवडाको सरुवा, नयाँ एसपीमा केसी आउँदै

सप्तरी । प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपीको सरुवा गरेको छ ।

प्रहरी मुख्यालयले आज सप्तरीका एसपी ढकेन्द्रा खतिवडाको सरुवा गरेको हो ।

उनको ठाउँमा काजमा गौतम केसीलाइ जिम्मेवारी दिइएको छ ।

एसपी खतिवडाको भने बागमती सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

नयाँ जिम्मेवारी पाएसँगै एसपी केसीले अब मधेश प्रदेशको सीमावर्ती जिल्ला सप्तरीमा शान्ति सुरक्षाको जिम्मा लिने छन्।

सीमामा हुने अवैध कारोबार, लागुऔषध ओसारपसार, मानव तस्करी तथा सीमापार अपराध नियन्त्रण गर्नु उनका लागि प्रमुख चुनौती हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै