ट्रेन्डिङ

पर्साको सखुवाप्रसौनीमा मृत भेटिए एक युवक

वीरगन्ज । पर्सामा एक जनाको शव फेला परेको छ ।

जिल्लाको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ जमुनिया टोलस्थित बुधैया खोला नजिक एक जनाको शव फेला परेको हो ।

स्थानीय मुन्ना हजरा दुसादको बाँझो खेतमा आइतबार साँझ एक युवकको शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा सोही वडाका प्रसौनी टोल बस्ने अन्दाजी २५ वर्षका मथुराम महरा रहेका पटेर्वासुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार खेतमा घोप्टो परेको अवस्थामा शव रहेको खबर प्रहरीलाई आएको थियो । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलको जाँच मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ ।

यसबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै