बीरगन्ज । पर्साको तिलावे नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्दै गएकोले यसले दुर्घटनाको निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
बहुदरमाई नगरपालिका सूचना जारी गर्दै तिलावे नदीको जलस्तर बढ्दै गएको र अचानक दुर्घटनाको जोखिम भएकोले सतर्क रहन स्थानीयलाइ अनुरोध गरेको हो ।
साथै आगामी २४ घण्टामा थप भारी वर्षाको पूर्वानुमान गरिएकोले अति आवश्यक काम बाहेक आवतजावत नगर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ, ‘बहुदरमाई नगरपालिका स्थित तिलावे नदीको जलस्तर बढदै गएको तथा एक्कासी दुर्घटना हुनसक्ने यधपी सबै नदिहरुको जलाधार क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ । आगामी २४ घण्टामा थप भारी बर्षाको पूर्बानुमान गरिइएको हुनाले सम्पूर्ण नगरबासी सचेत भई एकदम अति आवश्यक काम भए मात्र आवत-जावत सावधानी साथ गर्नु हुन सम्पूर्ण नगरबासीमा बिनम्र अनुरोध छ।’