ट्रेन्डिङ

गढीमाई नगरपालिकाको ५५ करोडको बजेट : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार मुख्य प्राथमिकतामा

रौतहट। जिल्लाको गढीमाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ५५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १२ औं नगरसभामा नगर प्रमुख श्यामप्रसाद यादवले ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये १९ करोड १५ लाख ४९ हजार रुपैयाँ पुँजीगत र ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको छ।

नगर प्रमुख यादवका अनुसार, बजेटका स्रोतहरूमा २ करोड रुपैयाँ आन्तरिक आय, २ करोड रुपैयाँ आन्तरिक राजस्व बाँडफाँट, ११ करोड २१ लाख रुपैयाँ संघीय सरकारको समानीकरण अनुदान, २५ करोड ५७ लाख रुपैयाँ संघीय सरकारको सशर्त अनुदान, र १० करोड ८७ लाख ६५ हजार १०८ रुपैयाँ संघीय सरकारको राजस्व बाँडफाँटबाट जुटाइनेछ।

त्यसैगरी, मधेश प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा रकम प्राप्त हुनेछ। यसमा ७७ लाख ४९ हजार रुपैयाँ समानीकरण अनुदान, ३० लाख रुपैयाँ विशेष अनुदान, २० लाख रुपैयाँ समपूरक अनुदान, ६३ लाख ५८ हजार रुपैयाँ राजस्व बाँडफाँट र ९५ लाख रुपैयाँ सशर्त अनुदान समावेश छ। सडक बोर्ड नेपालबाट ४० लाख रुपैयाँ प्राप्त हुने पनि जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै