ट्रेन्डिङ

मनसुनीसहित चार वायु थप सक्रिय, आज कुनकुन प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना ?

काठमाडौं । हाल देशका विभिन्न भागमा मनसुनी वायु सक्रिय रहँदा मौसममा व्यापक बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी प्रणालीको असर परेको छ।
साथै, देशको पश्चिमी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय प्रणालीको पनि नेपालमा आंशिक प्रभाव परेको बताइएको छ।

यसको संयुक्त प्रभावले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था सिर्जना भएको छ।

केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको मौसम कार्यालयले जनाएको छ।

आज दिउँसो र रातिको मौसम पूर्वानुमान

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ।

सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेको छ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपात पनि हुनसक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्ने चेतावनी दिइएको छ।

सतर्कता अपनाउन आग्रह

मौसममा देखिएको यो परिवर्तनका कारण दैनिक जनजीवन, कृषिकर्म, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै