रौतहट । रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
राजपुर नगरपालिका–३ डमार पोखरी टोल निवासी ३० वर्षीया गुलनाज खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खातुनलाइ आज साँझ सुत्ने कोठामा मोबाईल चार्ज गरिरहेकी बेला करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो।
तर, उपचारको क्रममा साँझ करिब ५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
घटना पश्चात प्रहरीले सावधानीपूर्वक विद्युतीय उपकरण प्रयोग गर्न सर्वसाधारणसंग अनुरोध गरेको छ ।