ट्रेन्डिङ

सप्तरीमा मुख्यमन्त्री सिंहले गरे ‘थ्री फेज’ कृषि विद्युतीकरणको उद्घाटन

सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले सप्तरीको हनुमाननगरको कंकालिनी नगरपालिका ‘थ्री फेज कृषि विद्युतीकरण’ को उद्घाटन गरेका छन् ।

नगरपालिका वडा नम्बर–६ मा बुधवार मुख्यमन्त्री सिंहले ‘थ्री फेज कृषि विद्युतीकरण’ कार्यको औपचारिक शुभारम्भ गरेका हुन ।

कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले योजना ल्याइएको मुख्यमन्त्री सिंह बताउँछन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले कृषि विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको जनाए । त्यसकारण सरकारले यस्ता योजनालाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौं, त्यसका लागि सिचाइँ, मल, बीउ र बजार सुनिश्चित गर्नुपर्छ । यस्ता कार्यक्रमहरूले त्यसको आधार तयार गर्छ ।’

यता नगरप्रमुख वीरेन्द्र माझीले विद्युतीकरण कार्य सम्पन्न भएपछि यसक्षेत्रका कृषकहरूले अब डिजेलपम्पमा निर्भर हुनु नपर्ने औल्याए । यति भइसकेपछि सिंचाइका लागि आवश्यक पर्ने विद्युत महसुल नगरपालिकाले नै तिर्ने मेयर माझीले घोषणा गरे ।

अहिलेले यो कार्यक्रमबाट नगरपालिकाको वडा नम्बर, २, ५, ६, ७ र ८ का कृषकहरूलाई लाभ मिल्नेछ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा किसानहरूको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै