ट्रेन्डिङ

सर्लाहीमा राजस्व चुहावट प्रयास असफल, भन्सार छलीका सामानसहित ट्रक बरामद

सर्लाही । सर्लाही प्रहरीले साढे ४२ लाख रुपैयाँ बराबरको भन्सार छली गरिएका विभिन्न सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय करमैयाबाट खटिएको टोलीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक जाँच गर्दा उक्त परिमाणको भन्सार छलीका सामान फेला परेको हो ।

सर्लाही प्रहरीका निमित्त प्रवक्ता बालिष्टर सिंहका अनुसार ट्रकमा लोड गरिएका सामानहरूको प्रमाणित कागजात नदेखिएको र चालकले प्रस्तुत गरेका कागजातहरू शंकास्पद पाएपछि ट्रक नियन्त्रणमा लिइएको हो।

प्रहरीले अनुसन्धानका क्रममा उक्त ट्रकमा टायर, मोबिल, आँपमा छर्ने औषधी, इलेक्ट्रोनिक सामान, रेगुलेटर, मोटरपार्टस, किसमिस, छाता,कस्मेटिक्सलगायतका सामग्री अवैध रूपमा लोड रहेको पाइएको प्रहरीले जनाएको छ ।

हाल ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि पथलैया राजश्व अनुसन्धान कार्यालय पठाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ।

सर्लाही प्रहरीले भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणमा कडाइका साथ निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै