ट्रेन्डिङ

लायन्स क्लब अफ संस्कृति गोल्डद्वारा वीरगन्ज कपडा बैंकलाई सहयोग

वीरगन्ज । सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई शिरोपर गर्दै लायन्स क्लब अफ संस्कृति गोल्डले आज वीरगन्ज कपडा बैंकलाई १० झोला कपडा सहयोग गरेको छ।

चाडपर्व नजिकिँदै गर्दा विपन्न र असहाय नागरिकहरूलाई आत्मसम्मानपूर्वक नयाँ कपडा उपलब्ध गराउने यस प्रयासले मानवीय सेवाको भावनालाई अझ सुदृढ बनाएको छ। क्लबका अध्यक्ष रितिका जैसवालको अगुवाइमा क्लबका सदस्यहरूले कपडा बैंकको कार्यालयमै पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई कपडा हस्तान्तरण गरेका थिए।

यस सहयोग हस्तान्तरण कार्यक्रममा क्लबकी सदस्य नितु गुप्ता, कपडा बैंकका सचिव कन्हैया पटेल, सदस्यद्वय निला राम र नवराज भट्टराई, साथै कर्मचारी शोभा देवीको पनि सक्रिय सहभागिता थियो। सो अवसरमा बोल्दै अध्यक्ष जैसवालले वीरगन्ज कपडा बैंकले विगतका वर्षहरूदेखि बाढी, आगलागी लगायतका विपद्‌मा परेका तथा आर्थिक रूपले कमजोर परिवारलाई निरन्तर निस्वार्थ सेवा दिँदै आइरहेको कार्यको उच्च प्रशंसा गरिन्।

कपडा बैंकका सचिव कन्हैया पटेलले ‘तपाईंसँग धेरै छ भने हामीलाई दिएर जानुहोस्, र तपाईंसँग छैन वा आवश्यकता छ भने हामीसँग निःशुल्क लिई जानुहोस्’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै बैंकले सेवा प्रदान गरिरहेको स्पष्ट पारे। उनले बैंकले केवल कपडा वितरणमा मात्रै नभई, बाढी, आगलागी लगायतका आपतकालीन अवस्थाहरूमा खाद्यान्नसहित अन्य आवश्यक सामग्री समेत पीडितको घरदैलोमा पुगी वितरण गर्दै आएको जानकारी दिए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै