फाइल तस्बीर
वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनको सन्दर्भमा काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले आज उक्त आदेश जारी गरेको हो। चैत १५ गतेको घटनापछि पक्राउ परेका मिश्र यसअघि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए। तर, सर्वोच्चको आदेशपछि प्रहरीमा उपस्थित नभएका मिश्र आज बयानका लागि आफैँ अदालत पुगेका थिए।
सोही घटनामा यसअघि राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा पनि ३ लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन्। तीनकुनेको उक्त आन्दोलनका क्रममा केही हिंसात्मक झडप भएका थिए, त्यसपछि प्रहरीले राप्रपाका केही नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो।