ट्रेन्डिङ

महोत्तरीको गौशाला नगरपालिका मेयरद्वारा उपमेयरलाई कार्यालय प्रवेशमा रोक

मेयरमाथि अनियमिततको आरोप

महोत्तरी । गौशाला नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद चुलिएको छ।

नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोलाई आज कार्यालय प्रवेशमा रोक लगाइएको छ। मेयर दिपेन्द्र महतोले ‘गुण्डागर्दी शैली’मा गेटबाटै आफूलाई छिर्न नदिएको भन्दै उपमेयर महतोले भिडिओमार्फत् आफ्नो असन्तुष्टि पोखेकी छन्।

यो विवाद हिजो उपमेयर महतोले दर्ता चलानी रजिष्टर नियन्त्रणमा लिएपछि सतहमा आएको थियो। उनले मेयर दिपेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरिरहेको आरोप लगाएकी छिन्।

आज बिहानदेखि नगरपालिकामा कार्यपालिका बैठक बसिरहेको बेला उपमेयर महतोलाई कार्यालयमा छिर्न नदिन नगर प्रहरी तैनाथ गरिएको थियो। उपमेयर महतोका अनुसार, उनी बिहान ८ बजेको कार्यपालिका बैठकका लागि करिब साढे ८ बजे पुग्दा पनि भित्र प्रवेश गर्न दिइएन। वातावरण ठीक नभएको भन्दै उनी फर्किएकी थिइन्। त्यसपछि कार्यालय समयमा पुग्दा पनि उनलाई प्रवेश गर्न दिइएन।

‘दर्ता चलानी धेरै ठाउँमा खाली राखिएको छ। किन खाली राखेको हो ? यो विषयमा छानबिन हुनुपर्छ,’ उपमेयर महतोले भनिन्। उनले मेयरको निर्देशनमा कर्मचारीले आफूलाई भित्र प्रवेश गर्न नदिएको आरोप लगाउँदै आफ्नो अधिकारका लागि लडिरहने उद्घोष गरेकी छिन्।

मेयर र उपमेयर दुवै जनता समाजवादी पार्टी (जसपा)नेपाल बाट निर्वाचित भएका हुन्। यस घटनाले गौशाला नगरपालिकाको दैनिक कार्यसञ्चालनमा समेत अवरोध पुगेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै