
बीरगन्ज । सशस्त्र प्रहरीले पर्साले झण्डै १९ लाख मूल्य बराबरका भन्सार छलीका सामान पक्राउ गरेको छ । सशस्त्र प्रहरीले गरेको जाँचका क्रममा १८ लाख ६१ हजार ६०० मूल्य बराबरका भन्सार छलीका सामान पक्राउ गरेको हो ।
जिल्लाका विभिन्न स्थानहरुबाट उक्त मूल्य बराबरका सामानहरु पक्राउ गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बीरगन्ज महानगरपालिका वडा नम्बर १२ मूर्लीबाट राजश्व चोरी नेपालतर्फ ल्याउदैँ गरेको अवस्थामा विभिन्न ब्राण्डका चकलेट, दाँच माझ्ने ब्रस तथा फेबिक्विक बरामद भएको हो ।
यसैगरी बीरगन्ज–२५ चण्डाल चोकस्थित एरियाबाट बीआर ०५ यू ४२१० नम्बरको मोटरसाइकलसहित कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बताउँछ । ८६ हजार २०० मूल्य बराबरका लत्ताकपडाहरु भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा फेला पारेकोले पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
बरामद सामानमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।