ट्रेन्डिङ

‘भिजिट मधेश २०८३’ र मलखाद उद्योग सम्भाव्यता अध्ययनलाई प्राथमिकता

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत प्रदेशको समग्र आर्थिक विकास, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनका लागि महत्त्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको छ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि विनियोजित बजेटले विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिइएको छ।

भिजिट मधेश २०८३ घोषणा : प्रदेशको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न र पर्यटकहरूलाई आकर्षित गर्न भिजिट मधेश २०८३ अभियान घोषणा गरिएको छ।

मधेश लगानी सम्मेलन : स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न मधेश लगानी सम्मेलन आयोजना गरिनेछ। यसले प्रदेशमा उद्योग र व्यवसायको विस्तारमा सहयोग पुर्याउनेछ।

डायस्पोरा समिट : विश्वभर छरिएर रहेका मधेशी डायस्पोरालाई प्रदेशको विकासमा जोड्न ‘डायस्पोरा समिट’ आयोजना गरिनेछ।

ट्रेवल एण्ड टुर समिट : पर्यटन व्यवसायी र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर पर्यटन प्रवर्द्धनका नयाँ रणनीतिहरू बनाउन ट्रेवल एण्ड टुर समिट आयोजना गरिनेछ।

अयोध्यामा जनकपुरको प्रचार प्रसार : भारतको अयोध्यामा जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्त्वको प्रचार प्रसार गरी भारतीय पर्यटकहरूलाई आकर्षित गर्ने योजना रहेको छ।

४० प्रमुख पर्यटकीय स्थल स्तरोन्नति : प्रदेशभित्र रहेका ४० वटा प्रमुख पर्यटकीय स्थलहरूको स्तरोन्नति गरी पर्यटकहरूका लागि थप आकर्षक बनाइनेछ।

८ वटै जिल्ला सदरमुकाम जोड्ने पोडवे : प्रदेशका आठवटै जिल्ला सदरमुकामहरूलाई जोड्ने गरी पोडवेको निर्माण गरिनेछ, जसले यातायात सुविधा र पर्यटन आवागमनमा सहजता ल्याउनेछ।

उद्योग, व्यवसाय तथा किसानका लागि लोन कार्ड : उद्योगी, व्यवसायी र किसानहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लोन कार्डको व्यवस्था गरिनेछ। यसले उद्यमशीलता र कृषि उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।

मधेश स्पेस तथा कम्युनिकेशन सेन्टर सञ्चालन : विज्ञान तथा प्रविधिको विकासमा टेवा पुर्याउन र आधुनिक संचार प्रणालीलाई सुदृढ गर्न मधेश स्पेस तथा कम्युनिकेशन सेन्टर सञ्चालनमा ल्याइनेछ।

मधेश स्टार्ट अप कार्यक्रम : युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न र नयाँ व्यवसायहरूलाई सहयोग पुर्याउन मधेश स्टार्ट अप कार्यक्रम सञ्चालन गरिनेछ।

यूरिया सहित रासायनिक मलखाद उद्योगका लागि सम्भाव्यता अध्ययन : प्रदेशमा यूरिया सहित रासायनिक मलखाद उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ। यसले कृषकहरूलाई मलको उपलब्धतामा सहजता ल्याउनेछ र कृषि उत्पादन बढाउन मद्दत गर्नेछ।

१० हजार जनालाई व्यावसायिक सीप तालिम : प्रदेशका १० हजार जनालाई विभिन्न व्यावसायिक सीप तालिम प्रदान गरिनेछ। यसले युवाहरूलाई रोजगारी प्राप्त गर्न र आत्मनिर्भर बन्न मद्दत गर्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै