बीरगन्ज । बीरगन्जस्थित प्राइम कमर्सियल बैंकको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको १८ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।
आर्दशनगरस्थित बैंकको सभा हलमा भएको कार्यक्रममा ८ जना महिलासहित ८० जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
रक्तदान गर्नेहरुमा शान्ति राई, बिन्दु देवी रिता साह, स्वेता पौडेल, सिम्रन पौडेल, सुदिक्षा अधिकारी, ज्योती सरार्फ, निकेश श्रेष्ठ लगायतका रहेका छन् ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र बीरगन्जले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।