ट्रेन्डिङ

अस्पताल निर्माणमा अनियमितता : मधेश प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा, पद निलम्बनमा

वीरगन्ज ।
नेकपा एमालेबाट निर्वाचित मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरविरुद्ध अस्पताल निर्माणमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही नगरपालिकामा अस्पताल भवन निर्माणका क्रममा भएको भनिएको अनियमिततामा संलग्नताको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सांसद ठाकुरसहित औरही नगरपालिकाका केही कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

धनुषाको क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद ठाकुरमाथि लागेको यो भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा निजको पद स्वतः निलम्बन हुने प्रावधान छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै