ट्रेन्डिङ

एक लाख ५ हजार जनाले गराए गर्भपतन

काठमाण्डौँ । नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख ५ हजार ९८ जनाले गर्भपतन गराएका सरकारी तथ्यांकले देखाएको छ ।

तीमध्ये औषधिबाट गर्भपतन गराउनेको संख्या ७५ हजार ९७८ जना रहेका छन् । २० वर्ष मुनिका ४ हजार ६२८ जनाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ७१ हजार ३५० जनाले गर्भपतन गराएको तथ्यांक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औजारद्वारा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या २९ हजार १२० जना छन् ।

यसमध्ये २० वर्ष मुनिका २ हजार २७३ जना र २० वर्षमाथिका २६ हजार ८४७ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै