ट्रेन्डिङ

वीरगन्जमा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत वातावरण दिवसमा वृक्षारोपण

वीरगन्जमा विश्व वातावरण दिवसको अवसरमा एक वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सामुदायिक प्रहरी साझेदारी अन्तर्गत वीरगन्ज महानगरपालिकाको कार्यालय, भारतीय महावाणिज्य दूतावास वीरगन्ज, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर वीरगन्ज र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको संयुक्त आयोजनामा भएको थियो।

वीरगन्ज महानगरपालिकाको वडा नं १७ (आइसीपी) ड्राइपोर्ट टर्निङमा आयोजित यस कार्यक्रममा ३५० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। कार्यक्रमको प्रमुख अतिथि भारतका महावाणिज्य दूतावास वीरगन्जका प्रमुख डी.एस. मीना थिए भने ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरू, समाजसेवीहरू, सुरक्षा निकायका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, सरकारी तथा गैर–सरकारी संघसंस्थाका पदाधिकारीहरू र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सदस्यहरू लगायत अन्दाजी ५०० जनाको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै