
काठमाण्डौँ । देशभरका सात वटा राजमार्ग अवरुद्ध बनेका छन् । लगातारको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण ती सडकहरु अवरुद्ध बनेका हुन् ।
सात वटा राजमार्ग अवरुद्ध हुँदा ३४२ राजमार्ग एकतर्फी मात्र सञ्चालन भएका राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अवरुद्ध राजमार्गमा तमोर करिडोरको चतरा–मुलघाट–माझीटार–अमरपुर–गणेशचोक सडक, पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन–पोखारा, मध्य पहाडी राजमार्गको सिन्धुली खण्डलगायत छन्।
अन्य राजमार्ग भने सामान्य ढंगले सञ्चालन भइराखेका छन्।