ट्रेन्डिङ

सिरहामा ‘मुद्दा मिलाइदिन्छु’ भन्दै ठगी गर्ने एक जना पक्राउ

सिरहा । ‘सवारी ज्यान मुद्दा मिलाइदिन्छु’ भन्दै ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिरहा जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने व्यक्ति विष्णुपुर गाउँपालिका–८, गौरीपुर निवासी प्रमोद महतो हुन्।

उनले सिरहा नगरपालिका–१६ माडरकी ४८ वर्षीया रानी देवी यादवसँग सवारी ज्यानसम्बन्धी दर्ता मुद्दा मिलाइदिने भन्दै १ लाख ७० हजार रुपैयाँ मागेका थिए।

महतोले प्रहरीकै नाम प्रयोग गरी यादवसँग रकम माग्दै आएको भन्ने उजुरीका आधारमा विशेष निगरानीमा राखिएको थियो। त्यसै क्रममा उनलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।

महतोमाथि ठगीसम्बन्धी आरोपमा अनुसन्धान थालिएको छ।

जिल्ला अदालत, सिरहाबाट अनुसन्धानका लागि चार दिनको म्याद थपिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै