ट्रेन्डिङ

पर्सामा महत्वपूर्ण सडक परियोजना : प्रदेश सांसद पटेलको पहलमा डोकैलादेखि कोइलाभार मन्दिरसम्म कालोपत्रे हुने

वीरगन्ज । मधेश प्रदेशका प्रदेश सांसद श्याम पटेलको विशेष पहलमा पर्सा निर्वाचन क्षेत्र २ (क) मा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम (दोस्रो चरण) अन्तर्गत एक महत्वपूर्ण सडक परियोजना सिफारिस भएको छ।

यस योजनाले स्थानीय जनताको लामो समयदेखिको माग सम्बोधन गर्ने अपेक्षा गरिएको छ। सिफारिस गरिएको यो सडक डोकैला बहुअरीबाट सुरु भई चैनपुर एकटाँगा हुँदै बागवाना कोइलाभार मन्दिरसम्म कालोपत्रे गरिनेछ। यो सडक निर्माणका लागि कुल १७ करोड ७६ लाख ४ हजार रुपैयाँको लागत अनुमान गरिएको छ।

सांसद पटेलले यस योजनाको सिफारिस गर्नु स्थानीय पूर्वाधार विकासमा उनको सक्रियता र प्रतिबद्धता हो। यो सडक कालोपत्रे भएपछि यस क्षेत्रका बासिन्दालाई यातायातमा सहजता आउनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। विशेषगरी, कोइलाभार मन्दिरसम्मको पहुँच सहज हुँदा धार्मिक पर्यटनमा समेत वृद्धि हुने अनुमान गरिएको छ।

स्थानीय समुदायले यस पहलको स्वागत गर्दै सडक निर्माण कार्य छिटो सम्पन्न हुने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै