ट्रेन्डिङ

वीरगन्जस्थित आदर्श क्रेसर उद्योगका मजदुरको मृत्यु

वीरगन्ज । क्रेसरमा काम गर्ने क्रममा वीरगन्जमा एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मुसैली निवासी १८ वर्षका अजय मण्डल छन् ।

शनिबार राती मुसैली स्थित श्री आदर्श क्रेसर उद्योगमा ढुङगा फोड्ने क्रममा मेसिनको अचानक बेल्ट चुडीदाँ ढुङ्गाको धुलो, बेल्टले बेरिएर मण्डल पुरिए ।

आइतबार घटनाको जानकारी पाएलगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनको घटनास्थलमै मृत्यु भईसकेको पुष्टी गरेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

प्रहरीले घटनास्थलको जाँच मुचुल्का गरी मृतकलाइ ढुङ्गाको धुलोबाट निकालेको जनाएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाईएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै