काठमाण्डौँ । काठमाडौंतर्फ नागढुङ्गा नजिकै फेरि अर्को पहिरो खसेको छ । नौबीसेको लेदोसहितको पहिरो हटाइरहेका बेला नागढुंगातर्फ अर्को पहिरो खसेको हो ।
उक्त पहिरोका कारण संघीय राजधानी छाड्ने र भित्रिने सवारीसाधनको अर्को जाम लागेको छ । नौबीसेबाट धादिङतर्फ पहिले नै लामो जाम छ । यता नागढुंगातर्फ पनि पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ ।
नौबीसेको पहिरो हटाउन थालिएको छ । नागढुंगातर्फको पहिरो हटाउन पनि सडक विभागले डोजर पठाउँदैछ ।
नागढुंगा(नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो डोजरले हटाउन थालेको हो ।
लेदोसहितको पहिरो खस्दा दुई घण्टादेखि संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ।
उता मुग्लिङ(नारायणगढ र पोखरा सडकखण्डको अवस्था भने सामान्य छ ।