ट्रेन्डिङ

बाराका स्थानीय तहलाई ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ संघीय अनुदान

वीरगन्ज । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बारा जिल्लाका स्थानीय तहहरूलाई कुल ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ विभिन्न शीर्षकमा अनुदान प्रदान गर्ने भएको छ।

यो रकम बारा जिल्लाका स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयद्वारा सार्वजनिक अन्तर सरकारी वित्तीय हस्तान्तरणअनुसार, बाराका स्थानीय तहहरूले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान प्राप्त गर्नेछन्। यी अनुदानहरू चालु र पुँजीगत प्रकृतिका खर्चहरूमा प्रयोग गरिनेछन्।

स्थानीय तहअनुसारको अनुदान विवरण

उपमहानगरपालिका :
बाराका दुई उपमहानगरपालिकाहरूले कुल १ अर्ब ८२ करोड ६० लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन्।

कलैया उपमहानगरपालिका : ९६ करोड १३ लाख रुपैयाँ।
जितपुर-सिमरा उपमहानगरपालिका : ८६ करोड ४७ लाख रुपैयाँ।

नगरपालिकाहरू : 
जिल्लाका पाँच नगरपालिकाहरूले कुल २ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन्। जसमध्ये :

कोल्हवी नगरपालिका : ४६ करोड २६ लाख रुपैयाँ।
निजगढ नगरपालिका : ४१ करोड १३ लाख रुपैयाँ।
महागढीमाई नगरपालिका : ५७ करोड ५० लाख रुपैयाँ।

सिम्रौनगढ नगरपालिका : ४७ करोड २९ लाख रुपैयाँ।
पचरौता नगरपालिका : ३९ करोड १९ लाख रुपैयाँ।

गाउँपालिकाहरू : 
बाराका नौ गाउँपालिकाहरूले कुल २ अर्ब ४० करोड ८९ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन्। तीमध्ये:

आदर्श कोतावल गाउँपालिका : ३३ करोड ९६ लाख रुपैयाँ।
करैयामाई गाउँपालिका : ३० करोड ११ लाख रुपैयाँ।
देवताल गाउँपालिका : २३ करोड ४७ लाख रुपैयाँ।

परवानीपुर गाउँपालिका : २२ करोड ९६ लाख रुपैयाँ।
प्रसौनी गाउँपालिका : २६ करोड १९ लाख रुपैयाँ।
फेटा गाउँपालिका : २५ करोड ७२ लाख रुपैयाँ।

बारागढी गाउँपालिका : २८ करोड ५६ लाख रुपैयाँ।
सुवर्ण गाउँपालिका : २८ करोड ६४ लाख रुपैयाँ।
विश्रामपुर गाउँपालिका : २१ करोड २८ लाख रुपैयाँ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै