ट्रेन्डिङ

बाराको नौतनबाट एक जनाको उद्दार

वीरगन्ज । बाराबाट एक जना पुरुषको उद्दार गरिएको छ । जिल्लाको नौतन चोकबाट अन्दाजी ४५ वर्षीय पुरुषको उद्दार गकिएको हो ।

मानवसेवा आश्रम वीरगन्ज शाखाले आइतबार मानसिक अवस्था कमजोर भएका ठाकुरजी नाम बताउने बेवारिसे पुरुषको उद्दार गकेको जनाएको छ ।

उनलाइ हाल मानव सेवा आश्रम वीरगञ्ज लगिएको आश्रमका देवेश गुप्ताले बताए ।

उद्धारमा मानव सेवा आश्रमका मधेस संयोजक गुप्तासहित सामाजिक अभियन्ता प्रकाश थारु,इलाका प्रहरी कार्यालय प्रसौनीका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ, नगर प्रहरी समसुलमिया धोबी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै