बीरगन्ज । करेन्ट लागेर पर्सामा एक जनाको ज्यान गएको छ । जिल्लाको सखुवाप्र्रसौनी गाउँपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको हो ।
गाउँपालिकाको वडा नम्बर १ सखुवनीया टोलमा एक जनाको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा स्थानीय ५६ वर्षका विश्वनाथ महतो थारु रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए ।
उनका अनुसार गएराति बाख्राको खोरमा लाइन जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई बीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
यद्यपी चिकित्सकले उनलाई मृत घोषित गरेका प्रहरी नायब उपरीक्षक भट्टले बताए । मृतकको शब पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ ।