ट्रेन्डिङ

पानीजन्य रोगको जोखिमबाट विशेष ख्याल राख्न आग्रह

काठमाण्डौँ । मनसुन पूनः सक्रिय भएसँगै पानीजन्य रोगको जोखिम हुने देखिएको छ । यो अवस्थामा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

बर्षातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम बढी हुने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार वर्षातमा बाढीका कारणले वरिपरिका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ ।

यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ । त्यसैले पानी उमालेर पिउनुका साथै पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउन सुझाइएको छ ।

यस्तै, बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने विज्ञहरूको आग्रह छ ।

खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँग हात धुन र व्यक्तिले जथाभाबी दिसा पिसाब गर्न नगर्न मन्त्रालयको आग्रह छ ।

विशेष गरी बालबालिका, दिर्घरोगी,गर्भवती महिला र रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई पानीजन्य रोगको जोखिम बढी हुने भएकाले व्यक्तिगत सरसफाइ ध्यान दिनुपर्ने चिकित्सकहरुले सुुझाव दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै