ट्रेन्डिङ

जनकपुरधाममा विद्युतिय शवदाहगृह निर्माणका लागि प्रक्रिया अघि बढ्यो

जनकपुरधाम । मधेश प्रदेश सरकारको गौरवको योजना भनिएको विद्युतिय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश सरकारको उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा रहेको स्वर्गद्वारमा सो विद्युतिय शवदाहगृह निर्माण गर्न लागेको हो । शुक्रबार सो मन्त्रालयको सरोकारवालासंगको छलफलमा यस्तो यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने निर्णय गरिएको हो ।

सरोकारवालासंगको छलफलमा वर्तमान स्वर्गद्वारको दोश्रो कितामा विद्युतिय शवदाहगृह यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने, यसै साता टेण्डर प्रक्रिया अघि बढाइने र निर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने निर्णय गरिएको छ ।

छलफलमा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मधेश सरकारको यो गौरवको योजना रहेको र यो शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयको बचतसंगै वातावरणिय हिसाबले पोलुसन रोक्ने काम समेत गर्ने बताए । उनले सो योजनाका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र केही वडा अध्यक्षहरुबीच सहमति निर्णय समेत भई सकेकाले निर्माणदेखि संचालनमा कुनै समस्या नहुने दाबी गरे ।

दुई वर्ष भित्रमा इलेक्ट्रिक शवदाह गृह निर्माण हुने छ सो शवदाहगृहको यसै साता टेण्डर निकालिने र निमार्ण लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याइएको जानकारी मन्त्रालयका सचपव रामुकमार खंगले दिए ।

कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जनकपुरधाममा विद्युतिय शवदाह गृह निर्माण हुनु ठुलो गौरवको विषय रहेको भन्दै निर्माण सम्पन्न भएपछि तात्कालै कार्यविधि बनाएर स्वर्गद्वारी समितिलाई संचालनको जिम्ममा र आर्थिक कोष स्थापना गरि संचालनमा ल्याइने जानकारी दिए।

शवदाहगृहका लागि अढाई तल्ले भवन निर्माणसहित दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर धुंवा निस्किने चिम्नी र अस्थिलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माण गरिनेछ । विद्यमान परम्परागत दाहसंस्कार प्रणालीमा आउने कठिनाइ, खर्च र वातावरणीय असरलाई ध्यानमा राखेर इलेक्ट्रिक शवदाह गृहको विकल्प अपनाइएको हो।

यसले काठको खपत कम गर्नुका साथै कार्बन उत्सर्जनमा समेत कमी ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै