वीरगन्ज । नेपाल विद्युत प्राधिकरण, वीरगन्ज वितरण केन्द्रले शनिबार (जेठ १७ गते) वीरगन्जका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।
लाइन मर्मतसम्भार र सुधार कार्यका लागि विद्युत कटौती गर्न लागिएको केन्द्रले जनाएको छ ।
वीरगन्ज वितरण केन्द्रका प्रमुख ई. अवधेश कुमार दुवेद्वारा जारी सूचना अनुसार, वीरगन्ज ग्रिडबाट प्रशारण भएको वीरगन्ज फिडर नं. १ अन्तर्गतका क्षेत्रहरूमा ११ के.भी. डिस्कनेक्टिङ स्वीच जडान र तार रिटेन्सन कार्य गरिनेछ । यसका कारण पावरहाउस, घण्टाघर, आदर्शनगर, लिंक रोड, भानुचोक, बहुअरी चोक र गौतम स्कूल एरियाहरूमा शनिबार बिहान ७ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म लाइन बन्द रहनेछ ।
त्यसैगरी, परवानीपुर ग्रिडबाट प्रशारण भएको ११ के.भी. वीरगन्ज फिडरमा बेरिएका लहराहरू तथा छोएका हाँगाहरूका कारण अनावश्यक रूपमा लाइन अवरुद्ध भइरहेकोले त्यसको कटान तथा सुधार कार्य गरिनेछ । यसका लागि शनिबार बिहान ११ः०० बजेदेखि साँझ १८ः०० बजे (६ः०० बजे) सम्म लाइन बन्द रहने वितरण केन्द्रले जनाएको छ ।
विद्युत कटौतीका कारण ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमा याचना गरेको छ ।