ट्रेन्डिङ

जनमत सचिव साहले बुझाए मुख्यमन्त्री सिंहलाई ११ बुँदे सुझाव : अनिवार्य सैन्य तालिमदेखि निःशुल्क यात्रासम्म

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले मधेशी जनताको संघीयताप्रतिको विश्वास सुदृढ गर्न भन्दै आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने ११ बुँदे मागपत्र मुख्यमन्त्री सतिश कुमार सिंहलाई बुझाएका छन् ।

साहले अघि सारेको सबैभन्दा चर्चामा रहेको प्रस्ताव हो – एसईई उत्तीर्ण युवाहरूका लागि ६ महिने अनिवार्य सैन्य तालिम । युवा पलायन रोक्न र अनुशासित जनशक्ति तयार पार्न यो अपरिहार्य रहेको साहको तर्क छ ।

ज्ञापनपत्रमा केवल सैन्य तालिमको मात्र कुरा छैन । प्रत्येक परिवारका कम्तिमा एक सदस्यलाई रोजगारीको ग्यारेन्टी, मोटरसाइकल नवीकरण शुल्कमा छुट, र महिलाका लागि निःशुल्क यातायात सुविधा जस्ता लोकप्रिय कार्यक्रमहरू पनि समावेश छन् ।

गंगालाल हृदयरोग अस्पतालको शाखा मधेशमा स्थापना गरी प्राथमिक उपचार निःशुल्क बनाउने र सल्हेस पर्यटन करिडोर, महादेव धार्मिक करिडोर निर्माण गर्दै ऐतिहासिक तथा धार्मिक स्थलहरूलाई जोड्ने योजनाहरूले मधेशको आर्थिक र सामाजिक परिदृश्य बदल्ने सम्भावना बोकेका उनले सुझाएका छन् ।

त्यस्तै, मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनबारे शैक्षिक पाठ्यक्रम र प्रशिक्षण सुरु गर्ने तथा जानकी नवमीमा मिथिला सांस्कृतिक रथयात्रा आयोजना गर्ने जस्ता सांस्कृतिक पहिचानका मुद्दालाई पनि जोड दिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै