ट्रेन्डिङ

गणतन्त्र दिवसमा मधेश सरकारद्वारा १२ जना प्रेस स्वतन्त्रता सेनानी सम्मानित

जनकपुरधाम । मधेश सरकारले १८औं गणतन्त्र दिवस लगातार तीन मनाउने क्रममा प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरु सम्मानित भएका छ्न्।

सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधाममा एक समारोहकाबीच मुख्यमन्त्री सतिश कुमार सिंह र गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संयुक्तरूपमा मधेशका १२ जना प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरेका हुन् ।

गृहमन्त्री लेखिका अनुसार सम्मानित हुने सबैलाई दोसल्ला, कदरपत्र र जनही ११ हजारका दर नगद सहित अभिनन्दन गरेका छन्। मधेश सरकारले यसपालीको गणतन्त्र दिवसमा विविध कार्यक्रमको आयोजना गरि नागरिकको अधिकार र सामाजिक न्याय संग जोडदै पर्वको रुपमा मनाईदै छ।

यसरी सम्मानित हुनेमा सप्तरीबाट बैधनाथ झा, प्रकाश खतिवडा र देवराम प्रसाद यादव रहेका छ्न् भने ५ जना स्वतन्त्रता सेनानी रहेको सप्तरीबाट शिशु प्रसाद देवकोटा र रामनारायण देव अनुपस्थित थिए। त्यस्तै धनुषामा पनि ५ जना रहेकोमा अशोक रौनियार र रामभरत साह दुईजना मात्र उपस्थित हुँदा धमेन्द्र झा र बालकृष्ण प्रसाद अनुपस्थित थिए भने रामेश्वर नेपालीको देहावसान भईसकेको छ।

महोत्तरीबाट विन्देश्वरी प्रसाद मण्डल, कुवरकान्त झा, गोपाल प्रसाद बराल र इश्वरी प्रसाद काफ्ले सम्मानित भएका थिए भने महोत्तरीबाट रबिन्द्र उप्रेती मात्र उपस्थित थिएन । त्यस्तै रौतहटबाट शैलेन्द्र गुप्ता सम्मानित हुँदा
पर्सा जिल्लाबाट गया यादव र शत्रुधन नेपाल सम्मनित भएका छन् भने कन्हैयालाल केशरी उपस्थित भएन । पर्साका एक जना प्रेस स्वतन्त्रता सेनानी मथुरामान सिंहको देहावसान भईसकेको छ।

कार्यक्रममा बारामा ५ जना र सिरहामा २ जना प्रेस स्वतन्त्रता सेनानी रहेमा बारा र सिरहाबाट कुनै पनि सेनानी उपस्थित थिएनन । शुभकामना तथा अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री सिंह प्रमुख अतिथि रहेका थिए भने गृहमन्त्री लेखीको अध्यक्षतामा कार्यक्रम भएको थियो।

उक्त कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, नव नियुक्त मन्त्री संजय कुमार यादव, मुख्य न्यायधिवक्ता सुरेन्द्र कुमार महतोले आफ्नो मन्तव्य राखेका थिए।

त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य राम आशिष यादव, राजेन्द्र चौधरी लगायत दर्जन भन्दा बढी प्रदेश सभा सदस्यहरु उपस्थित रहेका थिए भने सञ्चारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेका थिए ।

दिवसको पहिलो दिन मन्त्रालय परिसरमा आयोजना गरेको सरसफाइ र रक्तदान कार्यक्रम गरि मनाएका थिए । गृहमन्त्री लेखीले जेष्ठ १४,१५ र १६ गते गरि तीन दिन सम्म विविध महत्त्वपूर्ण कार्यक्रमहरुको आयोजना गरि मनाउन लागेको बताए । जस अन्तर्गत जेठ १६ गते बिहान ६ बजे जानकी मन्दिर परिसरमा सरसफाइ गरिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै