ट्रेन्डिङ

गणतन्त्र दिवसमा मधेश प्रदेश सरकारद्वारा तीन दिवसीय कार्यक्रमको आयोजना

जनकपुर । यस वर्षको गणतन्त्र दिवसलाई विशेष बनाउने उद्देश्यले मधेश प्रदेश सरकारले तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जेठ १४, १५ र १६ गतेसम्म गणतन्त्र दिवस सप्ताह मनाइँदैछ।

गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गणतन्त्र दिवस केवल औपचारिक दिन नभई सबै नागरिकले प्राप्त अधिकारको संस्थागत स्मरणका रूपमा मनाउनुपर्ने बताए।

उनले तीन दिनसम्म विभिन्न सामाजिक, सांस्कृतिक र सम्मानजनक कार्यक्रमहरू आयोजना गरिने जानकारी दिएका छन्।

पहिलो दिन सरसफाइ 

तीनदिने कार्यक्रमको पहिलो दिन आज बुधबार बिहान ६ बजेदेखि गृह मन्त्रालय परिसरमा सरसफाइ अभियान सुरु गरिएको थियो।

मन्त्री लेखी स्वयं सहभागी रहेको कार्यक्रममा प्रदेश सचिव विमल प्रसाद बराल, उपसचिव गणेश नायक, कानुन अधिकृत लक्ष्मण राई, साथै मन्त्रालयका अन्य कर्मचारीहरू, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा लगायतले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीका सयौं सुरक्षाकर्मीहरूले पनि सहभागिता जनाएका थिए।

मन्त्रालयका अनुसार, आजैको दिन रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ।

दोस्रो दिन प्रेस स्वतन्त्रता सेनानीको सम्मान

गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते, मधेश प्रदेशभरिका १३ जना प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।

मुल समारोहमा गृहमन्त्री लेखीले स्वयं उनीहरूलाई सम्मान गर्नेछन्।

उनका अनुसार, “यी सञ्चारकर्मीहरूले निरङ्कुश शासनको विरोधमा आवाज उठाउँदै लोकतन्त्र स्थापनामा अग्रणी भूमिका खेलेका छन्।” कार्यक्रमलाई ऐतिहासिक बनाउँदै प्रेस स्वतन्त्रताप्रति कृतज्ञता प्रकट गर्न लागेको लेखीले बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै