ट्रेन्डिङ

जनमत पार्टीले मधेस सरकारबाट आफ्ना दुइ मन्त्री हटाउदै, मन्त्रीमा क- कसको हुँदैछ ‘इन्ट्री’ ?

जनकपुर । मधेस सरकारमा सहभागी जनमत पार्टीले आफ्नो मन्त्री फेरबदल गर्ने भएको छ ।

सरकारमा सहभागी भएको लगभग एक वर्ष पुग्न लागेपछि जनमतले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाइ फिर्ता बोलाउने तयारी गरेको छ ।

दुइजना मन्त्रीलाइ फिर्ता बोलाउने तयारी गरिएको जनमत पार्टी सचिवालयले जनाएको छ ।

जनमत पार्टी कार्यालय स्रोतका अनुसार प्रदेस सरकारमा सहभागी बन मन्त्री त्रिभुवन साह र उधोग मन्त्री सकिल अलिलाइ फिर्ता ल्याउन लागिएको हो।

यही मन्त्रालयमा भने जनमत पार्टीबाट अर्को दुइजनालाइ सरकारमा पठाउने तयारी गरिएको छ ।

स्रोतका अनुसार अब जनमत पार्टीको तर्फबाट वसन्त कुशवाहा र सन्जय यादवलाइ दुबै मन्त्रालयमा पठाउने लगभग पक्का गरिएको छ ।

तर कसलाइ कुन मन्त्रालय दिने ? त्यसबारे साँझसम्म टुङ्गो लगाएर भोली शुक्रबार शपथग्रहण गराउने तयारी गरिएको जनमत पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै