ट्रेन्डिङ

सुनको मूल्य फेरि बढयो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ ।
आज मात्र सुन नेपाली बजारमा डेढ हजार भन्दा बढीले मूल्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ ।

बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

सुन अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँ बढेको थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै