ट्रेन्डिङ

आज राति हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागले देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना छ ।

यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम रहेको छ ।

साथै भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै