ट्रेन्डिङ

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी विद्युतीय अपराध मुद्दामा पक्राउ

फाइल तस्बिर

वीरगन्ज । कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ परेका छन्।

उनीमाथि रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि आफैं प्रहरी समक्ष हाजिर भएका हुन्। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार, अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेपछि चौधरी आज आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

प्रहरीका अनुसार, चौधरीलाई हाल इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। घटनाको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतको भनाइ छ।

चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शुद्धोदन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उनीमाथि लागेको विद्युतीय अपराधको आरोप के हो भन्नेबारे अझै स्पष्ट जानकारी आइसकेको छैन। प्रहरीले छानबिनपछिको विवरण सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै