ट्रेन्डिङ

बाराको कोल्हवीमा अटोमाथि रुख खस्दा एक जना घाइते

बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत तमागढी रोडमा आज बिहान करिब ३ बजे प्रदेश २–०३–००१ ह १२८२ नम्बरको अटोमाथि रुख खस्दा एक जना घाइते भएका छन्।

घाइते हुनेमा कोल्हवी नगरपालिका वडा नं ३, जुअवाका सिकेन्द्र चौधरी रहेका छन्। स्थानीयवासीका अनुसार, रुख अचानक अटोमाथि खसेको थियो, जसका कारण अटोमा क्षति पुगेको छ। घाइते चौधरीको उपचार नजिकैको स्वास्थ्य संस्थामा भइरहेको छ, र उनको अवस्था स्थिर रहेको बताइएको छ।

अटो पार्किङ गरिएको अवस्थामा थियो वा गन्तव्यतर्फ गइरहेको थियो भन्ने विषयमा अनुसन्धान सुरु गरेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै