
बीरगन्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटबाट अभद्र व्यवहार मुद्दामा सजाय पाइ फरार भएका प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् । उनका अनुसार विभिन्न स्थानमा लुकिछिपी बस्दै गरेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा दिपेन्द्र प्रसाद पटेल, हरि किशुन साह, शेख रुसतम र पुजा कुमारी गिरी रहेका उनले बताइन् । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयले विभिन्न रकम बराबरको जरिवाना फैसला सुनाएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।