ट्रेन्डिङ

भाग्दै गरेका तस्करको मोटरसाइकल अर्को मोटरसाइकलसँग ठोकियो, एक जनाको मृत्यु, अर्का घाइते

रौतहट । जिल्लाको सीमा क्षेत्रमा भग्दै गरेको तस्करको मोटरसाइकल अर्को मोटरसाइकलमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गत बुधबार साँझ साढे पाँच बजे कटहरिया नगरपालिकास्थित लालबकैया नदी आसपासका क्षेत्रमा चेकजाँच गरिरहेको सशस्त्र प्रहरीलाई देखेर तस्करीका समान सहित एक तस्कर भारत तर्फ भागेका थिए । उनलाई पक्राउ गर्न सशस्त्रको टोलीले पिछा गर्ने क्रममा तस्कर सवार ग.४ प ४०७३ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बीआर ३० बी ७९३६ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करले सो मोटरसाइकलमा सवार फतुवा विजयपुर–४ टेङडाहा बस्ने अनुष्ठा राय यादवको मृत्यु भएको छ भने त्यसमा सवार अर्का ३५ वर्षीय दीलिप साह कानु घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ । दुर्घटनापछि तस्कर फरार भएको र उनको खोजी कार्य भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै