
जनकपुर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मधेश प्रदेश केन्द्रित विभिन्न कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका छन् । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
जनसङ्ख्या र उत्पादनको दृष्टिकोणले मधेश प्रदेश देशमै अब्बल रहेकोले यस प्रदेशका लागि वर्तमा सरकारले विभिन्न कार्यक्रम ल्याउन लागेको बताएका हुन् ।
त्यसका लागि यहाँका जनप्रतिनिधिहरूसँग छलफल गर्ने र छलफलकै आधारमा सरकारले आफ्ना मधेश केन्द्रित कार्यक्रम तय गर्ने मन्त्री दाहालले जनाए ।
उनले मधेस सरकार पुरानै सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने चरणमा रहेको भन्दै हुलाकी राजमार्गको साथै मधेशका उत्तर–दक्षिण जोड्ने बाटोलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
मधेश प्रदेश देशको लाइफ लाइन भएको बताउँदै मन्त्री दाहालले भने, ‘देशकै लाइफ लाइनको रुपमा रहेकोले वर्तमा सरकारले यस प्रदेशको बिकासलाई उच्च प्राथमिकताका साथ हेरेको छ ।’
धनुषा र सिरहालाई जोडने कमला पुल, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गका साथै मधेशका सडकको अवस्था बुझ्न मन्त्री दाहाल बिहिबार जनकपुरधाम आइपुुगेका हुन् ।