ट्रेन्डिङ

विश्व रेडक्रस दिवसमा माईस्थान उपशाखाद्वारा दिप प्रज्वलन

वीरगन्ज । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी (ने.रे.सो.) माईस्थान उपशाखाले बुधबार साँझ विशेष दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम माईस्थान उपशाखाका सभापति डा. प्रमोद सर्राफको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपसभापति मधु राणाले रेडक्रसका संस्थापक जा. हेनरी ड्युनाको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपश्चात उपस्थित अतिथिहरूले दिप प्रज्वलन गरेका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, सदस्यहरू मदन गुप्ता, दयानन्द चौरसिया, आदर्शनगर उपशाखाका सभापति सन्तोष गुप्ता लगायत माईस्थान उपशाखासँग आबद्ध रेडक्रसकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

विश्व रेडक्रस दिवस प्रत्येक वर्ष मे ८ तारिखका दिन मनाइन्छ, जुन रेडक्रस आन्दोलनका संस्थापक जा. हेनरी ड्युनाको जन्म दिन पनि हो। सन् १८६३ मा रेडक्रस अभियानको सुरुवात गरेका ड्युनाले आपतकालीन परिस्थितिमा मानव सेवाको नारा विश्वभर फैलाएका थिए।

यस अवसरमा विश्वभर विविध कार्यक्रमहरू आयोजना गरिन्छन्, जसले विपद्, संकट र संघर्षका घडीमा मानवीय सेवामा समर्पित रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको सन्देशलाई अझ व्यापक र सशक्त बनाउने उद्देश्य राख्दछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै