ट्रेन्डिङ

भारी परिमाणमा लागू औषधसहित एक जना पक्राउ

वीरगन्ज । लागू औषध ट्याब्लेटसहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मौलापुर-९ बस्ने ३२ वर्षका सुनिल सिंह पटेल छन् ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा-१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी जाँच गरेको थियो । सोहि क्रममा रौतहटबाट काठमाण्डौतर्फ जादैं गरेको बा.प्र. ०१-०३१ च ५०२२ नम्बरको को यात्रुवाहक ईभी गाडीबाट भारी परिमाणमा लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।

इभीमा सवार सुनिलले गाडीको छतमा रातो रंगको सुटकेस र झोलाभित्र लुकाई छिपाई ल्याईएको अवस्थामा लागुऔषध नाईट्राभेट ३४४० ट्याब्लेट, ट्रामाडोल  २९५० क्याप्सुल,  फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकामाथि मकवानपुर जिल्ला अदालतमा  लागूऔषधसम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै