ट्रेन्डिङ

सम्पर्क विहिन २४ प्रहरीलाई हाजिर हुन निर्देशन

काठमाण्डौँ । नेपाल प्रहरीले सम्पर्क विहिन भएका २४ जना प्रहरीहरुलाई हाजिर हुन हुन निर्देशन दिएको छ । प्रहरी कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

प्रहरीले सार्वजनिक सूचना निकालेर आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै सात दिनभित्र उपस्थित हुन भनेको हो ।

उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

गैरहाजिर भएकाहरुमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानका रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै