ट्रेन्डिङ

पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित

काठमाडौं । भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा रहेका आतंकवादी शिविरहरूमा लक्षित हवाई आक्रमण गरेको दाबी गरेसँगै क्षेत्रीय तनाव थप चुलिएको छ।

पाकिस्तानी सेनाको जनसम्पर्क शाखा इन्टर-सर्भिस पब्लिक रिलेशन्स (ISPR) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले जियो टिभीसँग कुराकानी गर्दै आक्रमणबाट पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद, कोटली र बहावलपुर प्रभावित भएको बताएका छन्।

बीबीसीका अनुसार मुजफ्फराबाद नजिकैको क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ भने विस्फोटको अडियो क्लिपसमेत सार्वजनिक गरिएको छ, जसमा तीव्र आवाज स्पष्ट सुनिन्छ।

समाचार संस्था रोयटर्सले पनि विस्फोटको पुष्टि गर्दै, प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मुजफ्फराबादमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।

भारतीय सेनाले भने यो कारबाहीलाई आतङ्कवादविरुद्धको कडा सन्देशका रूपमा व्याख्या गर्दै, जम्मु–कश्मीर क्षेत्रमा सक्रिय आतंकवादी समूहहरूका ९ वटा शिविरहरू लक्ष्य गरिएको जनाएको छ।

वर्तमान अवस्थामा दुवै देशबीचको सम्बन्ध फेरि एकपटक तनावपूर्ण बनेको देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै