ट्रेन्डिङ

एमाले धनुषाको निर्वाचनस्थलमा झडप, पाँचजना घाइते

जनकपुर । नेकपा एमालेको धनुषाको अधिवेशन स्थलमा आज मध्यान्ह दुइ पक्षबीच झडप भएको छ ।

निर्वाचन समितिले धाँधली गर्‍यो भन्दै विहानदेखि एमाले धनुषामा विवाद चर्किएको छ । उक्त विवादले तनाव बढेपछि झडप भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।

झडपमा दुई नेतासहित पाँच जना घाइते भएको धनुषा प्रहरीले जनाएको छ । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झडपको क्रममा दुवै जनाको टाउको फुटेको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भएको झडपमा कुर्सी हानाहानसमेत भएको थियो । त्यसको केहीबेरमा पुनः विवाद हुँदा २ जना घाइते भएको जनाइएको छ ।

गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।

एमालेका केन्द्रिय नेता रघुविर महासेठको प्रभावमा निर्वाचन समितिले गतिविधि गर्न थालेपछि विवाद चर्किएको एमाले जिल्ला अध्यक्ष राजकिशोर बताउँछन् । आफै गएर फर्जी काम गराउन थालेपछि विवाद भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै