ट्रेन्डिङ

रघुविर महासेठ र उमाशंकर अरगरिया समूहबिच ‘इगो’को लडाइँ, शक्ति परीक्षणमा कमजोर भएपछि लक्ष्मी यादव समूले गर्दैछ जानीजानी झमेला

मतदान स्थगन

जनकपुर । नेकपा एमाले धनुषामा ठूलो विवाद चर्किएको छ । नयाँ नेतृत्व चयनमा आन्तरिक द्वन्द्व बढेपछि एमाले धनुषामा विवाद चर्किएको हो ।

दुइपक्षबिच धकेलाधकेल भएपछि आज हुने भनिएको मतदान अहिले स्थगन भएको छ । मतदानका लागि विहान १० बजेदेखि मतदानको कार्यतालिका सार्वजनिक गरिएपनि निर्वाचन दुइ पक्षबिचको उत्पन्न विवादले स्थगन भएको हो ।

निर्वाचन समितिले एकपक्षीय काम गरिरहेको आरोप लगाउँदै एकपक्षले धर्ना बसेर विरोध जनाइरहेका थिए । सोही बेला अर्को पक्षले उक्त धर्नास्थलमा पुगेर विरोध जनाउन थालेपछि दुबै समूहबिच घम्साघम्सी भएको हो ।

निर्वाचनका क्रममा धाँधली गरेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका लक्ष्मी यादवको समूह न्याययिक छानविनको माग गर्दै धर्नामा सुरु गरेका थिए । यही धर्नामा बसिरहेको बेला अर्का उम्मेदवार लक्ष्मी यादवको समूहले आफूहरुमाथि जाइलागेपछि दुबै समूहबिच विवाद भएको लक्ष्मी यादव बताउँछन् ।

उनका अनुसार निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनदेखि लिएर पदाधिकारीको उम्मेदवारीमासमेत चलखेल गरेर आफ्‌नो मनपरी गरिरहेको थियो ।

उनले भने, ‘हाम्रो पार्टीमा पदाधिकारीमा नोमिनेशन दिनका लागि पार्टीको बेग्लै नीति छ, त्यो नीतिमा अनुसार रहेर जिल्लाको पदाधिकारीमा उम्मेदवारी दिन पाइन्छ । तर यो नीतिविपरीत उम्मेदवारी पर्दा पनि निर्वाचन समितिले त्यसको बेवास्ता गरी मतदानको प्रक्रिया अगाडि बढाएको थियो, योसंगै अन्य पाटोमा पनि एकपक्षीय गतिविधि गरिरहेको धेरै प्रमाणहरु भेटिएपछि आज हामीहरु त्यसको न्यायिक छानबिनको माग गर्दै धर्ना सुरु गरेका थियौं । यहीबेला हामीसंग विवाद गरियो ।’

शक्ति प्रर्दशनमा कमजोर भएपछि विवाद

एमाले धनुषाका सोमबार नोमिनेशन भएको थियो । त्यसमा एमालेका रघुविर महासेठको समूहबाट भोला यादवले उम्मेदवारी दिएका छन भने अर्को उमाशंकर अरगरिया र संजीव झाको समूहबाट लक्ष्मी यादवको उम्मेदवारी परेको थियो ।

दुबै समूहबाट प्यानल नै खडा गरेर उम्मेदवारी परेपछि धनुषामा कार्यकर्ता तानातानको अवस्था भएको एमाले एक नेता बताउँछन् । यहीक्रममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि साँझमा दुबै समूहका उम्मेदवारले आफ्‌नो शक्ति परीक्षणका लागि रात्रीभोजको आयोजना गरेको एक एमाले नेता बताउँछन् ।

उक्त भोजमा लक्ष्मी यादव समूहको शक्ति परीक्षण कमजोर देखिएको थियो । अधिकांश कार्यकर्ताहरु भोला यादवको भोजमा गएपछि आफूहरुको प्यान विजयी नहुने आंकलन लक्ष्मी यादव समूहको रहेको बताइन्छ ।

आफ्‌नो समूह कमजोर भएपछि जानीजानी बहाना निकालेर विवाद चर्काइएको एमाले धनुषा स्रोतले जनाएको छ । मूलतः यहीकारण अहिले विवाद चर्किएको बताइन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै