नयाँ दिल्ली । इन्डियन आइडल सिजन–१२ का विजेता तथा गायक पवनदीप राजन कार दुर्घटनामा परेका छन् ।
सोमबार बिहान ३ः४० बजे अमरोहामा उनको कार दु्र्घटनामा परेको हो । दुघर्टनामा उनी गम्भीर घाइते भएका छन् ।
सामाजिक सञ्जालमा गायकको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् । डाक्टरहरूले उनको उपचार गरिरहेको भनिएको छ ।
पवनदीप राजन परेको दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ । तर भिडियोमा पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ । यो खबरपछि, प्रशंसकहरू उनको स्वास्थ्यको बारेमा चिन्तित भएका छन् । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
पवनदीप राजन उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् ।